Breaking News

लागुऔषधसहित भक्तपुरबाट पाँच पक्राउ

भक्तपुर १५ साउन । भक्तपुरको विभिन्न स्थानबाट सोमबार लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–५ घर भई हाल बालाजु काठमाडौं बस्ने २१ वर्षीया सुष्मा तिमिल्सिना, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी रहेको महानगरीय प्रहरी प्रहरी पसिर भक्तपुरका सूचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले उनीहरुलाई राधेराधे, सानोठिमी र बालकुमारीबाट पक्राउ गरेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट फेनेरगन २३० थान, नोफिन २३० थान र डाइजोल्याब २३० थान गरी कूल ६९० थान लागुऔषध  बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
shares