Breaking News

‘छक्का पञ्जा-३’ को गीत ‘पहिलो नंबरमा’ (भिडियोसहित)

गुञ्जनराज गिरी/काठमाण्डौ, १४ साउन । नेपाली चलचित्र क्षेत्रकै एक सफल मानिएको चलचित्र ‘छक्का पञ्जा’  र ‘छक्का पञ्जा-२’ पछि ‘छक्का पञ्जा-३’ को पहिलो गीत सार्वजनिक भएको छ ।

चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीतमा यसअघिका चलचित्र ‘छक्का पञ्जा’ का कलाकारहरू दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ र सुमन गिरी ‘भान्जा’ देख्न सकिन्छ भने ‘एेश्वर्या’ चलचित्रबाट चलचित्र नगरीमा छाएकी नायिका दिपिका प्रसाइँलार्इ पनि देख्न सकिन्छ र गीतमा संजोग कोइरालालार्इ पनि साथमा देख्न सकिन्छ ।

गीतको बोल ‘पहिलो नम्बरमा’ लार्इ डेविड शंकर र बिन्दु परियारले स्वर दिएका छन् । शब्द राजेन्द्र थापा, संगीत दिपक शर्मा, संगीत संयोजन उद्धवराज पौडेलको रहेको छ । चलचित्रको कथा तथा पटकथा दिपकराज गिरीको रहेको छ भने सम्पादन विपिन मल्ल, नृत्य निर्देशन कविराज गहतराज, छायांकन पुरुषोत्तम प्रधान, चलचित्रको निर्देशन दिपाश्री निरौलाको रहेको छ ।

‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक भएको समयदेखि नै निकै पटक युट्युबमा हेरिएको देख्न सकिन्छ । यसअघि यसै समूहद्वारा निर्मित ‘सुर्के थैली खै’ बोलको लोक भाकामा अाधारित गीतले निकै पटक युट्युबमा हेरिएको गीतको रेकर्डसमेत राखेको थियो । त्यस्तै खालका गीत दर्शक श्रोताले रुचाएपछि चलचित्र नगरीमा त्यसपछि निरन्तर अाएका चलचित्रका एक न एक गीत त्यस्तै लोक भाकामा अाधारित गीत समावेश गरिंदै अाएको छ ।

भिडियो हेर्नका लागि तल-

shares