Breaking News

७० हजार घुसकाे रकम सहित पर्साका जिशिअ र इन्जिनियर पक्राउ

राम कुशवाहा /वीरगंज ११ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई सेवाग्राहीसँग घुुस लिई रहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

आयोगको टोलीले जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर नवलकिशोरलाई शिक्षा कार्यालयमा सेवाग्राही सँग ७० हजार घुस लिई रहेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रवक्ता जिवराज कोइरालाले जानकारी दिए ।

पर्साको पकाहामैनपुर गाउपालिका २ मानीकपुरमा रहेको नेराप्राविको विद्यालय भवन निर्माणका लागि विनियोजित १९ लाख रकमको निकासाका लागी घुस लिदै गर्दा अख्तियारको टोलीले जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर देवलाई रंगेहात पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए ।

पक्राउ परेका जिल्ला शिक्षा अधिकारी तिवारीको साथबाट ५० हजार र इन्जिनियर नवल किशोरको साथबाट २० हजार रुपैया घुस वापतको रकम बरामद भएको अख्तियारले जनाएको छ ।  पक्राउ परेका दुबैले अख्तियारका अधिकारीहरुसंग अपराध स्वीकार गरेका छन ।  पक्राउ परेका दुवैजनालाई थप कारवाहीको लागी काठमाण्डौ लगिएको छ ।

 

shares