Breaking News

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिंदैनौं: महतो

काठमाण्डौ, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।

वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरूको विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने उनले बताए । सोमबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महत्तोले वर्तमान सरकार दुई तिहाईको भएको भन्दै अहिले पर्ख र हेरको अवस्थामा रहेको जिकिर गरे ।

नेता महतोले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबारे कुनै सम्भावना नरहेको बताए । उनले मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता, बन्दी रिहाई गर्न पनि सरकारलाई आफूहरूले दबाब दिएको जानकारी दिए ।

त्यस्तै उनले पार्टीको महाधिवेशनबाट सहमतिबाटै नेतृत्व चयन गरिने भन्दै संगठनात्मक संरचना पनि सहमतिमै टुँगो लगाउने दाबी गरे । फरक प्रसँगमा उनले राजपा र फोरमबीचको एकताको पनि अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

shares