Breaking News

सुनुवाइ समितिको बैठक स्थगित, प्रधानन्यायाधीशको अनुमोदन हुन सकेन

काठमाण्डौ, १४ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको बारे निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा सत्ता पक्ष र विपक्षी सांसदहरूको राय बाझिएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । समितिको बैठक बुधबार दिउँसो साढे ३ बजेसम्मका लागि सारिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा नेकपाका सांसदहरूले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसिकने अडान राखेका थिए भने प्रतिपक्षी कांग्रेसका सांसदहरूले अनुमोदन गर्नुपर्ने बताएपछि मत विभाजनको स्थितिमा जानु उपयुक्त नहुने भन्दै बैठक सार्न दुवै पक्ष सहमत भएको बताइएको छ ।

जोशीको प्रमाणपत्र र फैसलाहरू विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै नेकपाका सांसदहरू असन्तुष्ट छन् । समिति सभापति कर्णले समिति बैठकमा विषयवस्तुमा गहन छलफल भएपनि निर्क्यौलमा नपुगेका कारण बैठक सारिएको बताए ।

shares