Breaking News

पत्रकार चापागाईलाई ज्यान मार्ने धम्की

कपिलवस्तु, १४ साउन । हिमालय टेलिभिजनको कपिलवस्तु जिल्ला संवाददाता खगप्रसाद चापागार्इँमाथि दुर्व्यवहार भएको छ ।

सोमबार दिउँसो २:२५ बजे समाचार संकलन गर्न जाँदा नेपाल विद्युत प्राधिकरण चौलिहवा वितरण केन्द्रका प्रमुख हिमांशु कुमार यादवले अावश्यक सूचना माग्दा संवाददाता चापागार्इंलार्इ अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

अार्थिक वर्ष २०७४/७५ को कार्यालयको अार्थिक विवरण, कार्यालयबाट दिइएको ट्रान्सफर्मर कोटेशन तथा भुक्तानीबारे सूचना माग्न जाँदा घटना घटेको हो ।

चापागार्इँले २०७५ साउन २ गते सूचनाको हक अनुसारको निवेदन पेश गरेका थिए । त्यसैअनुरुप ताकेता गर्ने क्रममा वितरण केन्द्रका प्रमुख यादवले निवेदन दर्ता गर्न नमिल्ने र सूचना पनि नदिने भन्दै चापागार्इँलार्इ अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

shares