Breaking News

विदेश जान लागेका युवकको साथबाट लुटियो नगद १ लाख

काठमाण्डौ, १४ साउन । विदेश जान लागेका एक युवकको एक लाख रुपैयाँ लुटिएको छ ।

लुटिनेमा बझाङ भलारा गाउँपालिका–१ का २३ वर्षीय करण कुँवर रहेका छन् । अाइतबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकबाट उनको १ लाख रुपैयाँ लुटिएको प्रहरीले जानकारी दिएको छ ।

विदेश जान काठमाडौं आएका करणको साथमा रहेको उक्त रकम २/३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएका थिए ।

यसैगरी ललितपुरको एक पसलमा पनि चोरी भएको छ । गोदावरी नगरपालिका–१२ थेचोस्थित रविन्द महर्जनको आरएस हार्डवेयर पसलबाट आइतबार नगद २ हजार रुपैयाँ र करीब ४ लाख ५० हजार रुपैयाँ बराबरको धारा फिटिङ गर्ने सामानहरू चोरी भएको प्रहरीले जनाएको छ ।

shares