Breaking News

माछा मार्ने क्रममा डुबेर मृत्यु

चितवन, १४ साउन । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको हो ।

आइतबार साँझ माछा मार्ने क्रममा नदीको भंगालोमा खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोही लगायत वन्यजन्तुको आक्रमणमा परेर समेत मानिसको ज्यान जाने गरेको छ । -रासस

shares