Breaking News

अाज साउन महिनाको दोस्रो सोमबार: भगवान शिवको पूजा आराधना गरी मनाइँदै

काठमाण्डौ, १४ साउन । साउन महिनाको दोस्रो सोमबार आज पनि हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरू शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।

आज पशुपतिनाथको मन्दिरमा बिहानै भक्तजनहरूको घुइँचो लागेको छ । यसपटकको साउनमा ५ वटा सोमबार परेकाले पनि व्रतको अझ महत्व हुने धार्मिक विश्वास गरिन्छ । साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ । ब्रतालुहरूले आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामनाले भगवान शिवको पूजा अाराधना गरेको बताएका छन् ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबमका तिर्थालुहरूको घुइँचोले पशुपतिनाथ परिसर भरिएको थियो । यसैगरी देशका विभिन्न भागका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लागेको छ ।

shares