Breaking News

जिम्बाबेमा अाज राष्ट्रपतिका लागि निर्वाचन हुदै

काठमाण्डौ १४ साउन । अफ्रिकी मुलुक जिम्बाबेमा आज राष्ट्रपति तथा संसदीय निर्वाचन भइरहेकाेछ ।

लगातार चार दशक सत्तामा रहेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई गत बर्ष पदबाट हटाएपछि पहिलो पटक निर्वाचन हुन लागेको हो । मुगाबेले आफूलाई आफ्नै पार्टीले अपदस्थ गरी निकालेमा आक्रोश व्यक्त गर्दै यसलाई सैन्य हस्तक्षेपको संज्ञा दिएका थिए ।

निर्वाचनको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै मुगाबेले निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवरालाई आफूले मत नदिने स्पष्ट पारेका छन् । आफूलाई पद र पार्टीबाट हटाइ राष्ट्रपति बनेका इमरसन मनगांग्वालाई मत दिनुभन्दा बिपक्षी दलको नेतालाई चुन्ने उनले बताए ।

बिपक्षी दल एमडीसीका तर्फबाट कैडिडेट नेल्सन चामिसा उम्मेदवार रहेका छन् । ९४ बर्षीय मुगाबेले आफ्ना उत्तराधिकारीलाई मत नदिने बताएपछि राष्ट्रपति इमरसन कमजोर देखिएका छन् ।

shares