Breaking News

डिएलएको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित

काठमाण्डौ १४ साउन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डिएलए) को अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन ।
चितवनमा सम्पन्न १०औं राष्ट्रिय अधिवेशनबाट शाही तीन बर्षे कार्यकालका लागि निर्वाचित भएका हुन । अधिकारीले अध्यक्षका दुई प्रत्यासी सिताराम केसी र रामकुमार श्रेष्ठलाई पराजित गरेका हुन । अधिकारीले ४ सय ३१ मत ल्याउँदा केसीको पक्षमा ३ सय ३४ र श्रेष्ठको पक्षमा ४२ मत परेको थियो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल, महिला उपाध्यक्षमा सुष्मा बास्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् । यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु पनि निर्वाचित भएका छन् ।

shares