Breaking News

कांग्रेसले सभामुख र उपसभामुखको विषयलाई सदनमा राख्ने

काठमाण्डौ, १३ साउन । सभामुखको रुलिङपछि पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख र उपसभामुखको विषयलाई सदनमा राख्ने जनाएको छ ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै कांग्रेस नेता दिलेन्द्र बडुले अदालतमा विचाराधीन विषयलाई प्रभाव नपार्ने गरी जानकारीको लागि मात्र भएपनि उक्त विषयलाई सदनमा राख्ने बताएका हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषय अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै सदनभित्र प्रश्न नउठाउन रुलिङ गरेका थिए । बडुले सभामुख र उपसभामुखको एजेण्डलाई कांग्रेसले रुलिङको भरमा नछोड्ने जिकिर गरे ।

उनले आफूले संविधान अनुसार बुझेको विषयलाई आफ्नो ढंगले प्रस्तुत गर्ने जिकिर गरे ।

shares