Breaking News

‘डबल माया’मा कमल के क्षेत्री

गुञ्जनराज गिरी/काठमाण्डौ, १३ साउन । गायक तथा संगीतकार कमल के क्षेत्रीले अाफ्नो सांगीतिक उपहार ‘डबल माया’ बोलको गीत नेपाली दर्शक तथा स्रोतामाझ ल्याएका छन् ।

उक्त गीतमा संगीत तथा रचना विकास पाण्डेको रहेको छ । संगीत संयोजन शैलेन्द्र मोहन प्रधान ‘बाबु’ ले गरेका हुन् । ‘डबल माया’ बोलको गीतको भिडियोमा भने सुनिल क्षेत्री तथा अलिशा शर्मा तथा गायक स्वयं क्षेत्रीलार्इ देख्न सकिन्छ ।

भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने भिडियोको सम्पादन शिलन लम्सालको रहेको छ । नृत्य निर्देशन स्वयम् भिडियोकै मोडल सुनिल क्षेत्रीले गरेका हुन् । ‘डबल माया’ बोलको गीतको भिडियो गायक कमल के क्षेत्रीको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गायक क्षेत्री भन्छन्, ‘मेरो पुरानो गीत तथा संगीत यहाँहरूले रुचाएझैं विश्वभर फैलिएर बस्नुहुने नेपाली संगीत प्रेमीहरूलार्इ मेरो ‘डबल माया’ गीतलार्इ पनि सुनेर/हेरेर सुझाव दिइदिनको साथै मेरो अाफ्नै युट्युब च्यानललार्इ सब्सक्राइब तथा शेयर गरिदिनु हुन अनुरोध गर्दछु । अागामी दिनमा पनि नेपाललार्इ विश्वमाझ चिनाउने खालको गीत लिएर अाउने सोच राखेको छु । त्यसको लागि पनि तपाइँहरूको माया ममताको खाँचो पर्ने नै छ ।’

भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोस्-

shares