Breaking News

बीमा विधेयक संसदमा पेश

काठमाण्डौ, १३ साउन । सरकारले बीमा विधेयक संसदमा पेश गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त विधेयक पेश गरेका हुन् । बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने र बीमितको हक हित रक्षाका लागि भन्दै विधेयक ल्याइएको मन्त्री खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले विदेशी लगानीमा खुलेका बीमा कम्पनीलाई फर्केर जाऊ भन्न सक्ने अवस्था नरहेको समेत बताए । हिजोको अवस्थामा कुन-कुन परिस्थितिमा विदेशी बीमा कम्पनी नेपाल भित्रिए, अब तिनीहरूलाई फर्केर जाऊ भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । नयाँ विधेयकमा बीमा समितिलाई प्रधिकरणमा रुपान्तरण गरिने ब्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका वर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरू पदमुक्त हुनेछन् ।

shares