Breaking News

पत्रकार राजु बस्नेत रिहा

काठमाण्डौ १३ साउन । समाचारकाे विषयलाई लिएर ललितपुर प्रहरीले पक्राउ गरेका पत्रकार राजु बस्नेत रिहा भएका छन । साउन ११ गतेकाे खाेजतलास दैनिकमा प्रकाशित समाचारकाे विषयलाई लिएर प्रहरीले पत्रकार बस्नेतलाई आइतबार विहान पक्राउ गरेकाे थियो ।

पत्रिकामा ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गा भुमाफिया परिचालित गरि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बिक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको भन्ने  समाचार छापिएकाे थियो ।

समाचारकाे विषयलाई लिएर पक्राउ गरेकाेमा नेपाल प्रेस युनियन लगायतका संगठनहरुले अापत्ती जनाएका थिए । पत्रकार बस्नेतलाई रिहाइका लागि नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघ, ललितपुर शाखा लगायतले पहल गरेका थिए । खाेजतलास दैनिकमा छापिएकाे उक्त समाचारका बारेमा प्रेस काउन्सिलले छानविन गर्ने बताइएकाे छ ।

shares