Breaking News

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अाजबाट खुला

काठमाण्डौ, १३ साउन । यातायात व्यवस्था विभागले करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अाइतबारबाट खुला गरेको छ ।

साउन १ गतेदेखि आवेदन खुल्ने बताइएपनि १३ दिनपछि आवेदन खुला गरिएको हो । गत २१ जेठमा विभागले सूचना जारी गरी ‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्व लगायतको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन बन्द थियो ।

लाइसेन्सका लागि अनिवार्य रूपमा विभागको वेभसाइटमा गएर अनलाइन फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकाका कोशी, एकान्तकुना, नारायणी, लुम्बिनी, गण्डकी, चावहिल, जगाति, ठूलो भर्‍याङ र स्वयम्भूबाट लाइसेन्सको परीक्षा तथा ट्रायल हुन्छ । त्यस्तै उपत्यकाबाहिर मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीबाट पनि परीक्षा र ट्रायल हुनेछ ।

shares