Breaking News

इण्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा १० जनाको मृत्यु

जाकार्ता, १३ साउन । इण्डोनेसियाको लोम्बक टापुमा ६ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १० जनाको ज्यान गएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे इण्डोनेसियाको लोकप्रिय पर्यटकीय स्थल लोम्बक टापूमा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मटाराम शहरदेखि ५० किलोमिटर उत्तर-पूर्वमा रहेको अमेरेकी जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पपछि कम्तिमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन्।

भूकम्पमा परी मानवीय क्षतिका साथसाथै दर्जनौं घर भत्किएका छन् । हालसम्म १० जनाको मृत्यु भएको सो भूकम्पमा ४० जना घाइते भएको इण्डोनेसियाका विपद व्यवस्थापनका प्रवक्ता सुटोपो पुरो नुग्रोहोले जानकारी गराए ।

यसअघि सन् २०१६ मा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा परि दर्जनौको ज्यान गएको थियो भने ४० हजार जनता घरबार बिहिनि भएका थिए।

shares