Breaking News

इजिप्टमा ७५ जना नेताहरुलाई मृत्युदण्डको फैसला

काठमाण्डौ १३ साउन । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोसाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ। मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा संलग्न रहेका तथा सार्वजनिक सम्पत्ती हिनामिना गरेको आरोपमा मुद्दा लागेका ७ सय १३ जनामध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो।

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा करिब ७ सय इजिप्टेली नागरिकको मृत्यु भएको थियो।

वरिष्ठ ब्रदरहुड नेता मोहम्मद एल–बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए भने अन्य सुनुवाइका क्रममा अनुपस्थित थिए।

अदालतले गत मे महिनामा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ। रासस/एएफपी

shares