Breaking News

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो, ६ को सनाखत

चितवन, ११ साउन । काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको यात्रुबाहक बस ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ठोक्किएर त्रिशूली नदी किनारमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

दुर्घटनामा २ महिला र ५ पुरुष र एक बालकको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये ६ जनाको सनाखत भइसकेको छ ।

पाल्पा बेगनास कालिकाका ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु ५ बस्ने वर्ष २७ का सुमित श्रेष्ठ, तनहुँकै २७ वर्षीया कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रविन गुरुङ, तनहुँका ४० वर्षीय बाबुराम तिवारी र भारत घर भएका फिरोज मियाँको सनाखत भएको छ । मियाँको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते मध्ये ६ जनाको भरतपुर मेडिकल कलेजमा, चार जनाको मनकामना अस्पतालमा, एक जनाको मलेखुमा र चार जनालाई उपचारका लागि पोखरा लगिएको छ ।

shares