Breaking News

युट्यबमा ८ करोडभन्दा धेरैले हेरे गायक गजेन्द्रको यो गीत (भिडियोसहित)

काठमाण्डौ, ११ साउन । भारतीय गायक गजेन्द्र वर्माको चर्चित गीत ‘इसमें तेरा घाटा, मेरा कुछ नहीं जाता’ युट्युबमा ८ करोडभन्दा बढीले हेरिसकेका छन् ।

सामाजिक सञ्जालमा खूब मन पराइएको उक्त गीत मे महिनामा सार्वजनिक गरिएको थियो । गीतमा सनसनी फैलाउन सफल टिभी अभिनेत्री करिश्मा शर्माले अभिनय गरेकी छिन् । गीतको भिडियो मात्रै १३ लाखभन्दा धेरैले शेयर गरेका छन् ।

विक्रम सिंहले निर्देशन गरेको उक्त गीत सुरेन्द्र कुकरेजाले निर्माण गरेका हुन् । गीतको कम्पोजर गजेन्द्र सिंह हुन् भने गीतको शब्द रचना पनि उनकै हो ।

यसअघि पनि गजेन्द्र वर्माका अरु गीतहरू पनि सुपरहिट भइसकेका छन् । उनको पहिलो एल्बम ‘एम्टीनेस’ को ‘तूने मेरे जाना’ बोलको गीत निकै लोकप्रिय भएको थियो । त्यस्तै, उनको ‘मेरा मन’, ‘सजना रे’ जस्ता गीतहरूले पनि सनसनी मच्चाएको थियो ।

भिडियो हेर्नुहोस्-

shares