Breaking News

एपीएफले निकाल्यो रौतहटविरुद्ध ७-० को सहज जित

काठमाण्डौ, ११ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले रौतहटलाई ७-० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले सहज जित हात पारेको हो ।

एपीएफलाई जित दिलाउन साबित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यसअघि पहिलो खेलमा एपीएफका लागि साबित्राले काठमाडौंविरुद्ध ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

त्यस्तै एपीएफका लागि सरु लिम्बुले २ तथा अनिता बस्नेतले १ गोल गरेकी थिइन् । लगातार दुई खेलमा जित हात पार्दै एपीएफले ६ अंक जोडेको छ ।

shares