Breaking News

तेश्रो व्यवस्थापन शैक्षिक मेला काठमाण्डौमा सुरु

काठमाण्डौ, ११ साउन । युनिभर्सल टिच कन्सल्टको आयोजनामा तेश्रो व्यवस्थापन शैक्षिक मेला काठमाण्डौमा सुरु भएको छ ।

मेला काठमाडौंको भृकुटिमण्डपमा दुई दिनसम्म चल्नेछ । गूणस्तरिय शिक्षामा जोड दिनका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलामा नेपाल र भारतका विभिन्न व्यवस्थापनको पढाइ हुने शैक्षिक संस्थाहरूको सहभागिता रहेको छ । त्यस्तै मेलाका संयोजक विशाल केसीले मेलामा उपत्यकाका ४० स्कुलको पनि सहभागिता रहेको जानकारी दिए ।

मेला ५ हजार विद्यार्थीहरूले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

shares