Breaking News

गायिका सृष्टी थापाको तेस्रो एल्बम तिज गीत ‘चन्दनै चन्दनै’ बजारमा

निरज तामाङ/काठमाण्डौ, ११ साउन । नेपाली नारीहरूको महान चाड तिज नजिकिंदै गर्दा गायिका सृष्टी थापाको तिज गीत ’चन्दनै चन्दनै’ सार्वजनिक भएको छ । युटुुबमा सार्वजनिक भएको छोटो समय (५ दिन)मा उक्त गीत ४० हजार हाराहारी दर्शकले हेरिसकेका छन् ।

यस गीतको शब्द रचना गणेश अधिकारीको रहेको छ भने स्वर गायिका सृष्टि थापा र सन्तु थापाले दिएका छन् । निकै मिठो स्वरकी धनी गायिका थापाले यसअघि २ वटा एल्बम निकालिसकेकी छिन् । उनले २०७१ सालमा निकालेको पहिलो एल्बम ‘ लोग्ने मान्छे स्वार्थी हुँदोरहेछ’ भन्ने आधुनिक गीत नेपाली दर्शक, स्रोतामाझ लोकप्रिय छ ।

सानै देखि गायनमा राम्रो प्रतिभा भएकी उनी आफ्ना बाबु-आमाको प्रेरणाबाटै गायन क्षेत्रमा लागेको बताउँछिन् । उनी भन्छिन्, ‘भोलि नेपालको प्रख्यात गायिका बन्ने उदेश्यका साथ यस क्षेत्रमा मेहनत गरिरहेको छु, आशा छ एकदिन सफल हुनेछु ।’

केही महिना अघि मात्र गायिका थापाले दोस्रो एल्बम‘‘ मेरो हजुर’ नेपाली बजारमा ल्याएकी थिइन् । दर्शक, स्रोता माझ निकै लोकप्रिय यो गीतले सबैको मन जित्न सफल भइसकेको छ ।

यस तिज ‘ चन्दनै चन्दनै’ गीतमा लय संकलन गंगा थापा र ओमकला थापाले गरेका छन् । स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेका उक्त तिज गीतको म्युजिक भिडियोमा रश्मी तामाङ र प्रज्वल गिरीले अभिनय गरेका छन् ।

भिडियोको छांयाकन सुरेश श्रेष्ठले गरेका छन् भने दृश्य सम्पादन प्रकाश धमलाले गरेका छन् । दृश्य निर्माण गुरुआमा फिल्मस् प्रा.लि. ले गरेको हो । नेपालीहरूको महान् चाड दशैं–तिहार संगै अर्को नयाँ एल्मबको तयारीमा रहको पनि गायिका थापाले जानकारी दिइन् ।

भिडियो हेर्नुहोस्-

shares