Breaking News

एक लाख १० हजार घुससहित लेखापाल र नायबसुब्बा पक्राउ

वीरगञ्ज, ११ साउन । पर्साको धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बा एक लाख १० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उनीहरूलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

shares