Breaking News

त्रिशुलीमा यात्रुबाहक बस खस्यो

काठमाण्डौ, ११ साउन । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकमा ट्रकसँग ठोक्किंदा बस त्रिशूली नदी किनारमा खसेको हो । बस सडकबाट करिब १ सय मिटर तल बस खसेको छ ।

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस कुनामा धोएर निकाल्दै गरेको ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठोक्किएर नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

बसमा ३०/३२ जना यात्रु रहेको अनुमान गरिएको छ । २० जनाको उद्धार गरेर अस्पताल लगिँदै गरेको चितवन प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

shares