Breaking News

उत्तर कोरियाद्वारा कोरियाली युद्धमा हराएका अमेरिकी सेनाको अवशेष फिर्ता

काठमाण्डौ, ११ साउन । उत्तर कोरियाले कोरियाली युद्धका बेला हराएका अमेरिकी सेनाको अवशेष अमेरिकालाई फिर्ता गरेको छ ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध अन्त्य भएको ६५ अौं वर्षगाँठका अवसरमा उक्त अवशेष फिर्ता गरिएको उत्तर कोरियाले बताएको छ । अमेरिकी सैन्य विमानले ती अवशेष दक्षिण कोरियास्थित अमेरिकी सैन्य क्याम्पमा पु¥याएको छ ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर वार्तामा अवशेष फिर्ता गर्ने विषयमा सहमति भएको थियो । कोरियाली युद्धका बेला झण्डै पाँच हजार तीन सय अमेरिकी सेना हराएका थिए ।

उत्तर कोरियाले कति अवशेष फिर्ता गरेको हो भन्ने विषयमा भने हालसम्म केही बताएको छैन । ती अवशेषलाई अमेरिकी सेनाको परीक्षणपछि अमेरिकी जमिनमा दाहसंस्कार गरिनेछ ।

shares