Breaking News

अाज गुरुको सम्मानमा ‘गुरु पूर्णिमा’ मनाइँदै

काठमाण्डौ, ११ साउन । सनातन हिन्दू धर्मावलम्बीहरूद्वारा ज्ञान दिने गुरुको सम्मान गरी शुक्रबार गुरुपूर्णिमा मनाइँदैछ । अाजकै दिन पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पनि मनाइँदैछ ।

आषाढ शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष जेठमा अधिक(मल)मास परेका कारण सरेर साउनमा पुगेको हो । जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिने कुरा मनुस्मृतिमा उल्लेख छ ।

अरुलाई आचरणमा राख्ने र अाफू पनि आचरणमा बस्नेलार्इ नै गुरु भनिन्छ भनेर मनुस्मृतिमा लेखिएको छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउने व्यक्तिलाई गुरु भनिन्छ । हिन्दू धर्मले आमाबुबा र गुरुलाई देवताको स्थान दिएको छ ।

गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने विश्वास सनातन धर्ममा रहिअाएको छ ।

shares