Breaking News

इन्टरनेटको बढेको मूल्य फिर्ता

काठमाण्डौ, १० साउन । सरकारले साउन १ गतेदेखि लागू हुने गरी बढाएको इन्टरनेटको मूल्य फिर्ता गर्ने भएको छ ।

इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो ।सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।

अब असारमसान्तसम्म भएको बिलिङ अनुसार नै मूल्य कायम गर्ने सहमति भएकाले सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किएको मन्त्रालयका सहसचिव विरेन्द्र मिश्रले बताए ।

सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको भन्दै उपभोक्तामाथि कर थोपर्नु अवैज्ञानिक भएको बताइएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले अघि सारेका थिए ।

तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने बताउँदै आएका थिए । कार्यदलको बिहीबारको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायकले सहमति जनाएका छन् ।

shares