Breaking News

डा. केसी पक्ष र सरकारबीच सात बुँदे सहमति, केसीले अाजै अनशन तोड्ने

काठमाण्डौ, १० साउन । सत्ताइस दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्षका प्रतिनिधि र सरकारी वार्ता टोलीले अन्ततः सात बुँदे सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर सकिएको हो । सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुने सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले जानकारी दिए ।

मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार बिना निष्कर्ष बिथोलिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार केसीका प्रतिनिधिसँग रातभर भएको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।केसीको अनशन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

shares