Breaking News

डाक्टर र प्रहरीबीच झडप, दर्जनौं पक्राउ

काठमाण्डौ, १० साउन । अनशनरत डा. गोविन्द केसीको मागको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । प्रहरीले दर्जनौं स्वास्थ्यकर्मी एवं विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने प्रयास गरेपछि उनीहरूलार्इ प्रहरीले रोक्ने क्रममा सामान्य झडप भएको हो ।

डाक्टरको पोशाकमा आन्दोनमा उत्रिएका चिकित्सकहरूले डा. केसीको अनशनको समर्थन र सरकारको विरोधमा नाराबाजी गरेका थिए। उनीहरूले सरकारको विरोधमा लेखिएका नारासहितका प्लेकार्ड बोकेका थिए ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै डा. गोविन्द केसी २७ दिन देखि आमरण अनशनमा छन् । उनको मागको सम्बोधनको लागि केसीका प्रतिनिधि र सरकारकाबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

समस्याको शान्तिपूर्ण समाधानका लागि बुधबार मध्यारातमा पुनः प्रधानमन्त्री अोली र डा. केसीका प्रतिनिधिबीच अर्को गोप्य अाकस्मिक वार्ता भएको बुझिएको छ । वार्तामा सरकार केसीको मागप्रति सकारात्मक देखिएको पनि स्रोतले बताएको छ ।

shares