Breaking News

रसुवाको टिमुरेमा गएको पहिरोमा परी ४ जनाको मृत्यु, १२ बेपत्ता

रसुवा,  १० साउन । रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । सो पहिराेमा परी १२ जना घाइते भएका छन् ।

पहिरोमा परी मृत्यु हुनेहरूमा भोटेकोशी– ४ का शुस खड्का, बिक्रम श्रेष्ठ, श्याम श्रेष्ठ र मंगल तामाङ रहेको प्रहरीले जनाएको छ ।  अविरल वर्षापछि खसेको पहिरोमा कन्टेनर र प्रहरीको अस्थायी चेकपोष्ट समेत पुरिएको छ ।

पहिरोमा देवबहादुर मगर, वोङसी तामाङ, सोनाम शेर्पा, तेन्जीङ डोल्मा, पासाङ डोल्मा तामाङ, नरमान तामाङ, सोनाम लामा, प्रेम घले, विमल घर्तीमगर, दावा तामाङ बेपत्ता छन् ।

पहिरोपछि नेपाल र चीनबीचको आवात जावत पनि बन्द भएको छ। अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न कठिनाई भइरहेको रसुवा प्रहरी कार्यालयका हवल्दार प्रेम भुजेलले बताए ।

रसुवागढी जलविद्युत् आयोजनाबाट २ वाट स्काभेटर लगेर बेपत्ताहरूको खोजी भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ भने रसुवागढीदेखि २ किलोमिटरकोे दुरीमा छ ।

shares