Breaking News

निगमले अर्को वाइड बडी विमान ‘मकालु’ भित्र्यायो

काठमाण्डौ, १० साउन । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान ल्याएको छ । निगमले बिहीबार बिहान ए ३३०-२०० सिरिजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो ।

अमेरिकाको एएआर कम्पनीसँग खरिद गरिएको ‘मकालु’ नामको उक्त नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरूले स्वागत गरेका थिए । विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गरिएको हो ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षमा ऋण तिर्ने भाका राखेको छ ।

यसअघि गत असार १४ गते निगमले पहिलो ‘अन्नपूर्ण’ नामको वाइडबडी विमान भित्र्याएको थियो ।

निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता बराबर छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

shares