Breaking News

जेठ २ गतेसम्म प्रक्रिया पूरा भएका कामदारलार्इ मलेसिया जान दिइने

काठमाण्डौ, ६ साउन । सरकारले मलेसिया जाने भिसा लागिसकेका कामदारलाई श्रमस्वीकृति दिने भएको छ । जेठ २ गतेसम्म प्रक्रिया पूरा भएका कामदारलार्इ श्रमस्वीकृति दिने निर्णय गरेको हो ।

सरकारले गत जेठ ३ गतेदेखि मलेसिया जाने कामदारलाई सिन्डिकेट लगाउँदै आएका विभिन्न संंस्था खारेज गर्ने निर्णय गरेसँगै त्यहाँ जाने कामदारको श्रमस्वीकृति दिने प्रक्रिया रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकबाट अनुचित र गैरकानूनी रूपमा अतिरिक्त शुल्क लिने कार्य बन्द गरिएको व्यहोरासहितको विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर छ । गैरकानूनी र अनुचित ढगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको व्यहोरा समेत पुनः जानकारी गराइन्छ ।’

गैरकानूनी कार्य गर्ने संस्थाहरूविरुद्ध ३ अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएर न्यायिक निरुपणको प्रकृया चलिरहेको छ । यसअघि मलेसिया जाने सबैखाले कामदारको श्रम स्वीकृति रोकेको थियो ।

shares