Breaking News

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

पाल्पा, ६ साउन । पाल्पाको सिद्धबाबामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ना३ख १००८ नम्बरको ट्रकले लु२१प ९६८० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल सवार माथागढी गाउँपालिका २ का ४० वर्षीय माधव कुमाल र १९ वर्षीय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको लाश डोरीको सहायताले तिनाउ खोलाबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । ट्रकको ठक्करपछि मोटरसाइकल भीरमा अड्किएपनि सवार दुवै जना झण्डै २०० मिटर तल खोलामा खसेकाले उद्दारमा समेत केही कठिनाई भएको घिमिरेले बताए ।

shares