Breaking News

एम्नेस्टी ईन्टरनेशनल नेपाल, समूह ३२ काठमाण्डौकाे संयोजकमा पत्रकार थापा

काठमाण्डौ ६ साउन । एम्नेस्टी ईन्टरनेशनल नेपाल, समूह ३२ काठमाण्डौकाे संयोजकमा पत्रकार सोमबहादुर थापा निर्वाचित भएका छन ।

पत्रकार थापा सन २००२ देखि एम्नेष्टीका विभिन्न समूहमा अावद्ध रही मानवअधिकार रक्षाका अभियानमा क्रियाशिल रहदै अाएका छन ।

समूहकाे १३ औं साधारणसभाले संयोजकमा थापा सहित ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे छ । सहसंयोजकमा प्रेक्षा बस्नेत, सचिवमा चेतबहादुर एेर, सहसचिवमा श्याम मदन केसी र कोषाध्यक्षमा बसन्त जोशी सर्वसम्मतले निर्वाचित भएका छन ।

यसैगरी सदस्यमा याङ्क प्रसाद घिमिरे, भानुभक्त विष्ट, साैभाग्य पाठक, गाैरी शंकर साह, दिलिसा अधिकारी र अमर शाही निर्वाचित भएका छन ।

 

shares