Breaking News

बीमा तालिम इन्स्टीच्युटको स्थापना

काठमाण्डौ, ६ साउन । बीमा समिति र ३९ वटा बीमा कम्पनीको लगानीमा बीमा तालिम इन्स्टीच्युट नेपाल स्थापना भएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले आइतबार काठमाडौंमा उक्त तालिम ईन्स्टीच्युटको उद्घाटन गरेका हुन् । नयाँ इन्स्टीच्युटको अध्यक्षमा बीमा समितिका निर्देशक राजुरमण पौडेल नियुक्त भएका छन्  भने प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् ।

एक करोड रुपैयाँ पुँजी लगानी गरेर सुरु गरिएको उक्त इन्स्टीच्युट हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावको समस्या उत्कर्षमा पुगेपछि बीमा समिति र बीमा कम्पनीहरूको संयुक्त लगानीमा तालिम केन्द्र सञ्चालन गरिएको बीमा समितिका अध्यक्ष चापागाईँले जानकारी दिए ।

गत आर्थिक वर्षमा मात्र १२ वटा नयाँ बीमा कम्पनी खुलेपछि बीमा बजारमा जनशक्ति अभाव देखिएको छ । तालिम केन्द्रको सञ्चालनको केही वर्षमा नै यस्तो अहिलेको समस्या कम हुने अपेक्षा गरिएको छ ।

shares