Breaking News

स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाण्डौ, ६ साउन । काठमाडौंको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।

शनिबार राति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी दिए ।

स्कुटरमा सवार रहेका दुई जना पनि घाइते भएकाले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । साइकललाई ठक्कर दिएको स्कुटरसमेत नियन्त्रण गुमाएर पल्टिएको थियो । -रासस

shares