Breaking News

धादिङका ट्रिपर व्यवसायीले गरे प्रदर्शन

काठमाण्डौ, ४ साउन । काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले पृथ्वी राजमार्गमा प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियमविरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् ।

धादिङका ८३ वटा ट्रिपर राजमार्ग छेउमा राखेर चालकहरुले प्रदर्शन गरेका हुन् । अन्य सवारी साधनजस्तै प्रक्रिया पुर्‍याएर दर्ता भएका ट्रिपरलाई रातिमा मात्र चलाउन दिनु न्यायसंगत नभएकाले आन्दोलनमा उत्रिएको सवारी चालक समाजले जनाएको छ ।

काठमाडौं उपत्यका छिर्ने ट्रिपरले दुर्घटना बढाएको भन्दै स्थानीय प्रशासनले साउन १ देखि राति ८ बजेपछि मात्रै ट्रिपर चल्न पाउने नियम लगाएको छ ।

shares