Breaking News

काठमाण्डौमा ठूला अपराधको संख्या घट्दो

काठमाण्डौ, ४ साउन । काठमाडौं प्रहरीले आर्थिक वर्ष ०७४–०७५ मा ठूला अपराधको संख्यामा कमी आएको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रहरीको सक्रियता, नागरिक सचेतनाका कारणले ठूला अपराधमा कमी आएको प्रहरीको दाबी छ । आर्थिक वर्ष ०७४–०७५ मा ६ हजार ८ सय ४१ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७५–०७६ मा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता प्रहरी तथ्याङ्कले देखाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार यो वर्ष ३३ प्रतिशतले मुद्दा दर्ता बढेको भएपनि त्यसमा वैदेशिक रोजगारी, चेक वाउन्स, ठगीलगायत मुद्दाको संख्यामा वृद्धि भएको छ ।

गुण्डागर्दी नियन्त्रण गर्ने अभियान लागु गरिएकोले केही सार्वजनिक अपराधमा वृद्धि भएको एसएसपी पोखरेलले बताए । लागू औषध अपराध नियन्त्रण गर्नका लागि प्रभावकारी योजनासहित अभियान संचालन गरेकाले लागू औषध अपराध संख्या घट्न पुगेको भन्दै उनले गुण्डागर्दी र डनगिरीको अन्त्य भएको दाबी गरे ।

साइबर अपराध, अनलाइन ठगी, बौद्धिक सम्पत्तिसम्बन्धी नविनतम अपराध बढ्दो अवस्थामा रहेको बताउँदै उनले महिला तथा बालबालिकाविरुद्धको अपराधमा शून्य सहनशिलताको कठोर नीति अपनाइएको बताए ।

यस वर्ष ६ हजार ८ सय ४१ वटा मुद्दामा ९ हजार १ सय २ जना अभियुक्तहरूलाई पक्राउ गरिएको, विभिन्न मुद्दामा ६ सय ९२ जना फरार रहेको, ६ हजार ८ सय ४१ वटा मुद्दा दर्ता भएकोमा ५ हजार ९ सय ७६ वटा मुद्दा फर्छ्यौट भएको काठमाडौं प्रहरीले जनाएको छ ।

shares