Breaking News

सरकार तानाशाहीतर्फ उन्मुख: प्रकाशमान सिंह

कैलाली, ४ साउन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कामकारवाही तानाशाहीतर्फ उन्मुख रहेको बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सरकारले दुईतिहाइको दम्भ देखाएको भन्दै जनतालाई निराश बनाउने काम नगर्न आग्रह गरे । नेता सिंहले जनमुखी काम गरेर विश्वास बढाउन सरकारलाई सुझाव समेत दिए ।

नेता सिंहले कहिले कर्मचारी त कहिले चिकित्सकलाई जबर्जस्ती पक्राउ गर्ने सरकारी कार्यशैलीले जनता त्रसित बनेको धारणा पनि राखे । उनले सरकारले अस्पतालमै प्रहरी लगाएर लाठी चार्ज गरेर राणा शासन सम्झाएको टिप्पणी गरे ।

नेता सिंहले छिटोभन्दा छिटो अनशनरत् चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह पनि गरे ।

shares