Breaking News

मधेश अधिकारकर्मीले बुझाए अायोगलार्इ ज्ञापन-पत्र

ललितपुर, ४ साउन । सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै मधेश अधिकारकर्मी एवं सरोकारवालाहरूले आयोगको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले शुक्रबार ललितपुरस्थित आयोगको कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउँदै उक्त रिपोर्टप्रति आपत्ति समेत जनाएका छन् । आयोगले दिएको प्रतिवेदन घटनाविपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने उनीहरूको माग छ ।

तत्कालीन नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो ।

लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो । यस्तै उक्त प्रतिवेदनप्रति आपत्ति जनाउँदै राजपा नेपाल सप्तरीले आन्दोलनको घोषणासमेत गरेको छ ।

shares