Breaking News

दिगो विकास लक्ष्य हासिल गर्न गम्भीर भएर लाग्नुपर्छ: सभामुख

काठमाण्डौ, ४ साउन । सभामुख कृष्ण बहादुर महराले सरकारले लिएको दिगो विकास लक्ष्य हासिल गर्न गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

जनसंख्या र विकासका लागि सांसदहरूको मञ्च नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको संविधान कार्यान्वयन, संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास विषय अन्तर्क्रिया कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन् ।

मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउँदै दिगो विकास लक्ष्य हासिलका लागि सांसदहरूले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले संघीयता कार्यान्वयनका लागि कानून निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिए । संघ र प्रदेशको सबै कानून निर्माण भइसकेपछि सहज रूपमा कार्यसञ्चालन विधि अघि बढ्ने र संघीयताको अभ्यास पनि लागू हुँदै जाने उनको भनाइ छ ।

त्यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले संविधान कार्यान्वयनका क्रममा द्वन्द्वका विषयलाई व्यवस्थापन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको आवश्यकता रहको औंल्याए ।

कार्यक्रममा मञ्चकी अध्यक्ष महालक्ष्मी उपाध्यायले मुलुकको विकासका लागि संविधानको कार्यान्यन गर्दै संघीयतालाई सफल बनाउन सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

shares