Breaking News

सुमो दुर्घटनामा चालकसहित ११ जना घाइते

काठमाण्डौ, ४ साउन । काठमाण्डौको दक्षिणकाली नगरपालिका–९ हुमाने भञ्याङमा बिहीबार सुमो जीप पल्टिंदा चालकसहित ११ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि मनमोहन सामुदायिक अस्पताल फर्पिङ पठाइएको छ । मकवानपुर घान्द्रुक–३ मनहर निवासी ४० वर्षीया कृष्णमाया उप्रेती भने गम्भीर घाइते भएको कारण थप उपचारको लागि बयोधा अस्पताल बल्खु पठाइएको छ ।

हेटौडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २४३४ नम्बरको सुमो बिहीबार साँझ अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल खसेको महानगरीय प्रहरी प्रभाग फर्पिङले जनाएको छ ।

shares