Breaking News

जुम्ला घटनामा घाइते भएका प्रहरीलार्इ थप उपचारका लागि नेपालगञ्ज लगिंदै

जुम्ला, ३ साउन । जुम्ला घटनामा घाइते भएका प्रहरी जवान कमल अाचार्यलाई थप उपचारका लागि नेपालगञ्ज पठाइने भएको छ ।

उनलाई नेपालगञ्ज लैजान हुम्लामा रहेको मनाङ हेली जुम्लाका लागि उडिसकेको जनाइएको छ । छातीमा गहिरो चोट लागेका अाचार्यलार्इ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियापश्चात् नेपालगञ्ज लैजाने तयारी गरिएको हो ।

यसअघि जुम्लामा अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजान भनी सुरक्षाकर्मी अस्पताल प्रवेश गर्दा केसी समर्थक सर्वसाधारण र विद्यार्थीहरूले प्रहरीलाई सिसा र बेञ्च प्रहार गरेका थिए ।

त्यस क्रममा अाचार्सयहित अन्य केही प्रहरी घाइते भएका थिए ।

shares