Breaking News

काठमाडौंमा शैक्षिक मेला सुरु

काठमाण्डौ, ३ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

मेलाको काठमाडौंको भृकुटिमण्डपमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरे । मेला उद्घाटन गर्दै उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए ।

मन्त्री ज्ञवालीले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताए । उनले नेपालको शिक्षालाई व्यवहारिक रूपमा लैजान सके बेरोजगारी समस्या समाधान हुने धारणा पनि राखे।

इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३ सय ८८ वटा कक्ष राखिएको छ ।

shares