Breaking News

पहिलो महिला शंकराचार्य गिरीलाई प्रमाणपत्र प्रदान

काठमाण्डौ, ३ साउन । विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरीलाई बिहीबार शंकराचार्यको प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच वर्ल्ड हिन्दु फेडेरेसनका अन्तराष्ट्रिय अध्यक्ष अजय सिंहले बिहीबार शंकराचार्यको प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा उनलाई नेपाल व्यापार संघ केन्द्रीय समितिले सम्मान तथा स्वागत समेत गरेको थियो ।

हेमानन्द गिरीलाई एकसाता अघि शंकाराचार्यको उपाधि दिइएको थियो । २०३२ साल वैशाख ६ गते मोरङको पथरीमा गिरीको जन्म भएको थियो । गिरीले भारतमा मात्र नभएर नेपालमा पनि समाजसेवाका विभिन्न क्षेत्रमा राम्रो योगदान गरेकी छिन् ।

कार्यक्रममा शंकराचार्य हेमानन्द गिरीले मानव जीवनको कल्याणका लागि केन्द्रित हुने धारणा राखिन् । उनले सनातन धर्मको रक्षाका लागि आफू लाग्ने जिकिर गरिन् ।

महन्त, मण्डलेश्वर, पीठाधीश, महामण्डलेश्वर हुँदै उनी शंकराचार्य बनेकी हुन् । विश्वकै ६ जना महिलामध्ये प्रथम स्थान प्राप्त गर्न सफल गिरीले नेपालका विभिन्न ठाउँमा सामाजिक अभियान चलाउँदै आएकी छिन् ।

shares