Breaking News

आईडिपीद्वारा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

काठमाण्डौ, ३ साउन । अन्तर्राष्ट्रियाली शिक्षा सेवा संस्था आईडिपीले नेपाली विद्यार्थीहरूका लागि ५० हजार अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

कम्पनीले नेपाली विद्यार्थीहरूलाई अंग्रेली भाषा बोलिने देशहरू अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड र आयरल्याण्डमा अध्ययनका लागि उक्त छात्रवृत्ति दिने घोषणा गरेको हो ।

अष्ट्रेलियाली कम्पनीले आइएडिपीले नेपालमा पहिलो शैक्षिक परामर्शदाता संस्था स्थापना गर्ने बताउँदै नेपाली विद्यार्थीहरूलाई विदेशी भूमिमा आवास, बैंक खाता लगायतका लागि निशुल्क सहयोग गर्ने बताएको छ ।

नेपाली गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा दुरदराजमा शिक्षाबाट वञ्चित नेपाली बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न प्रशस्त सहयोग गर्ने आफ्नो योजना रहेको आईडिपीका प्रमुख कार्यकारी अधिकृत एन्ड्रिउ वार्कलाले बताए ।

विश्वका झण्डै ४० लाख विद्यार्थीलाई अन्तराष्ट्रिय शिक्षाका बारेमा सेवा दिइसकेको कम्पनीले नेपालमा पहिलोपटक आफ्नो परामर्शदाता संस्था स्थापना गर्न लागेको हो ।

shares