Breaking News

शिक्षण अस्पतालमा तनाव

काठमाण्डौ, ३ साउन । उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका बिरामीका आफन्त र चिकित्सकबीच विवाद भएको छ ।

उपचारका लागि पुगेका सर्वसाधारण, आन्दोलनरत चिकित्सक र अस्पताल प्रशासनबीच उपचारका विषयमा तनाव उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सर्वसाधारणले उपचार पाउनुपर्ने माग गरेका छन् भने चिकित्सकहरूले आन्दोलन रहेको बताएपछि विवाद देखिएको हो । चिकित्सकले आफूहरू अहिले आन्दोलनमा रहेका कारण बिरामीको उपचार गर्न नसक्ने बताएपछि बिरामीका आफन्त आक्रोशित देखिएका थिए ।

सो क्रममा केहीबेर चिकित्सक र बिरामीका आफन्तबीच हात हालाहालसमेत भएको थियो । अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

shares