Breaking News

डा.केसीको पक्षमा सडकमा नआउन कांग्रेसलाई कडा चेतावनी

काठमाण्डौ, ३ साउन । हाम्रो पार्टी नेपालले अनशनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि कांग्रेसलाई कडा चेतावनी दिएको छ ।

पार्टीका संयोजक गोविन्द बोहराले विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको पक्षमा काँग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विगत ६ महिनादेखि आफूहरू माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको विपक्षमा उभिएको बताए ।

उनले नेपाली कांग्रेसलाई डा. गोविन्द केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरू त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । देशमा सक्रिय रूपमा रहेका २९ वटा वैदेशिक शक्तिहरूको संरचना ध्वस्त पार्नु आजको खाँचो रहेको उनको भनाइ छ ।

जनताका आकांक्षा एकातर्फ रहेको र सरकार अर्को बाटोमा रहेको भन्दै उनले सरकारका मन्त्रीहरू नै गोविन्द केसीको पक्षमा काम गरिरहेको बताए ।

shares