Breaking News

चिकित्सा शिक्षा विधेयकलाई कांग्रेसले राजनीतिकरण गर्न खोजेको नेता नेपालको आरोप

काठमाण्डौ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले चिकित्सा शिक्षा विधेयकलाई कांग्रेसले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता नेपालले शिक्षा र स्वास्थ्यको विषयलाई पनि चूनावको पराजयलाई लिएर कांग्रेसले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका हुन् । उनले अनसनरत डाक्टर गोविन्द केसीले काठमाडौ आई आफ्ना मागका बारेमा छलफल गर्नुपर्ने धारणा राखे ।

सरकारले डाक्टर केसीले राखेका जायजमागलाई पूरा गर्दै समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले स्वास्थ्य शिक्षाका क्षेत्रमा गोविन्द केसी मात्र नभई सारा नेपाल गम्भीर भएको भन्दै आन्दोलनले समस्याको समाधान हुन नसक्ने धारणा राखे ।

त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँणले आफ्ना विचारलाई सदनमा राख्न नदिएर सदन स्थगन गर्नु आपत्तिजनक रहेको बताए । उनले अहिले डाक्टर केसीको जीवन रक्षा सबैको चासोको विषय रहेको भन्दै छिटोभन्दा छिटो समस्याको सामाधान गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले अहिले ल्याएको विधेयकले मुलुकको स्वास्थ र शिक्षाको समस्या समाधान गर्न नसक्ने स्पष्ट पारे ।

shares